सुर्खेत। सुर्खेत २ मा नेपाली कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ।
प्रारम्भिक मतपरिणामअनुसार यसअघि तेस्रो स्थानमा रहेको रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले ९१९ मत प्राप्त गरी नेकपा (एमाले)लाई पछ्याइरहेका छन्।
कांग्रेसका उम्मेदवार नारायण कोइरालाले ८८७ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार कुलमणि देवकोटाले एक हजार ६८ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
यस्तै, सुर्खेत १ मा सुरुआती दोस्रो स्थानमा रहेको रास्वपा अहिले तेस्रो स्थानमा छ।