जनकपुर। सप्तरी क्षेत्र नम्बर ३ बाट जसपा नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादवसमेत मतगणनामा पछाडि परेका छन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार रास्वपाबाट उम्मेदवार रहेका अमरकान्त चौधरीले ६५० मत प्राप्त गरेका छन्। जसपा नेपालका अध्यक्षसमेत रहेका यादवले ४५० मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवले २३६ मत प्राप्त गरेका छन्।