पोखरा । मनाङमा प्रत्यक्ष उम्मेदवार नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७५२ मत पाएको छ। समानुपातिकतर्फ नेपाली काँग्रेस १,३७७ मतसहित पहिलो भएको छ।
प्रत्यक्षमा काँग्रेसलाई वाकओभर दिएर उम्मेदवारी फिर्ता लिएको नेकपा एमाले ले ५७१ मत पाएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिएका छन्।
अन्य दलमध्ये नेपाल कम्युनिस्ट पार्टी ले २२६ मत पाउँदा श्रम संस्कृति पार्टी ले ८३, राष्ट्रिय परिवर्तन पार्टीले ४० र संयुक्त नागरिक पार्टीले २० मत पाएका छन्।
जिल्लामा प्रतिस्पर्धामा रहेका ५८ दलमध्ये ३६ दलले शून्य मत पाएका छन् भने ७ दलले मात्र १–१ मत पाएका छन्।





