काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा शनिबार बिहान ८ बजेसम्म ३० निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।
घोषित परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै २२ सिट जितेको छ। नेपाली कांग्रेसले पाँच सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई सिट र नेकपा (एमाले)ले एक सिट जितेका छन्।
रास्वपाले चितवन २, काठमाडौँका सबै क्षेत्र (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०), बाँके १ र ३, मोरङ ४ र ६, कास्की २ र ३, स्याङ्जा १, रुपन्देही ४, महोत्तरी १ तथा धनुषा ३, भक्तपुर १ सहित २२ क्षेत्रमा विजय हासिल गरेको छ।
नेपाली कांग्रेसले तेह्रथुम, रसुवा, मनाङ, मुस्ताङ र दैलेख १ मा जित निकालेको छ।
त्यसैगरी, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट विजयी भएका छन् भने महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी भएका छन्।
यता, नेकपा एमालेले भने बाँके २ बाट मोहम्मद इस्तियाक राईमार्फत पहिलो जित हासिल गरेको छ।