काठमाडौँ। गत २३ र २४ भदौको जेन-जी आन्दोलनमा भएको दमन र विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले भोलि (आइतबार) सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन लेखनको काम सकेर आइतबार प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको हो।
कार्कीको नेतृत्वमा ५ असोजमा गठन भएको आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी छन्।
सुरुमा तीन महिनाको म्याद दिएर गठन भएको आयोगको समय पटकपटक थप गरिएको थियो।