दोधारा चाँदनी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायणप्रकाश साउँद (एनपी)ले १० हजार ८२७ मत, नेकपा (एमाले)का वचनबहादुर सिंहले ६ हजार ४१८ मत, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का माधवप्रसाद पन्तले ६ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे।