काठमाडौँ। बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन्। सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन्।
नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले तीन हजार ७७४ मत पाएका छन्।