काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
धनेन्द्र कार्की र आशिष गजुरेल।
अ+
अ-

काठमाडौँ। सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनेन्द्र कार्की विजयी भएका छन्।

कार्कीले १६ हजार ६५९ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवालले १५ हजार ८७५ मत ल्याएका थिए। तेस्रोमा कांग्रेसका उज्ज्वल बरालले १५ हजार ५७० मत ल्याए। नेकपाका उम्मेदवार डेकेन्द्रप्रसाद सुवेदीले चार हजार ७०८ मत ल्याए।

दुइटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीका दुवैमा रास्वपा विजयी भएको छ। क्षेत्र नम्बर २ मा रास्वपाका आशिष गजुरेल विजयी भएका छन्। उनले १७ हजार ९४० मत ल्याएका छन्। गजुरेलका प्रतिस्पर्धी नेकपाका राजन दाहालले १४ हजार ७८० मत पाएका छन्।