जनकपुर। सप्तरी ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सीताराम साह निर्वाचित भएका छन्।
साहले ३६ हजार ४१२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। त्यसैगरी जनता समाजवादी पार्टी नेपालकी उम्मेदवार बब्बीसिंह यादवले १० हजार २८० मत प्राप्त गर्दै तेस्रो स्थानमै चित्त बुझाइन्।
निर्वाचन परिणामअनुसार साहले आफ्ना निकटतम प्रतिस्पर्धी चौधरीलाई २३ हजार ३०९ मतान्तरले पराजित गरेका हुन्।