काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म ४२ वटा निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। छिनोफानो भएका ४२ सिटमध्ये ३३ सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ।

मतगणना भइरहेका निर्वाचन क्षेत्रहरूमध्ये अधिकांश स्थानमा रास्वपा नै अगाडि छ। रास्वपाले ८६ स्थानमा अग्रता लिइरहेको छ।

यस्तै, नेपाली कांग्रेसले अहिलेसम्म पाँच क्षेत्रमा जितेको छ भने १० स्थानमा अगाडि छ। नेकपा (एमाले)ले दुई स्थानमा जितेर आठ स्थानमा अग्रता लिइरहेको छ। एक सिट जितेको नेपाली कम्युनिस्ट पार्टी आठ स्थानमा अगाडि छ। श्रम संस्कृति पार्टी पाँच क्षेत्र र राष्ट्रिय प्रजातन्त्र पार्टी एक स्थानमा अगाडि छन्।

स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दीमा महावीर पुन निर्वाचित भएका छन्।

यी हुन् रास्वपाले अहिलेसम्म जितेका ३२ क्षेत्र:

कोसी प्रदेश
मोरङ ४ : सन्तोष राजवंशी
प्राप्त मत : ४०,८३३

मोरङ ६ : रुबिना आचार्य
प्राप्त मत : ५५,५१३

मधेस प्रदेश
धनुषा ३ : मनीष झा
प्राप्त मत : ४३,९८८

महोत्तरी १ : प्रमोदकुमार महतो
प्राप्त मत : ३४,६३६

बारा ३ : अरबिन्द साह
प्राप्त मत : ४०,६९७

बारा ४ : रहवर अंसारी
प्राप्त मत : ४१,२००

पर्सा १ : बुद्धिप्रसाद पन्त
प्राप्त मत : २७,२७४

पर्सा २ : सुशीलकुमार कानु
प्राप्त मत : ३०,७४०

बागमती प्रदेश
नुवाकोट २ : अचुत्तम लामिछाने
प्राप्त मत : ३२,०५४

काठमाडौँ १ : रञ्जु न्‍यौपाने
प्राप्त मत : १५,४५५

काठमाडौँ २ : सुनिल केसी
प्राप्त मत : ३४,२३८

काठमाडौँ ३ : राजुनाथ पाण्डे
प्राप्त मत : १८,७५७

काठमाडौँ ४ : पुकार बम
प्राप्त मत : २९,१४२

काठमाडौँ ५ : सस्मित पोखरेल
प्राप्त मत : ३०,७३७

काठमाडौँ ७ : गणेश पराजुली
प्राप्त मत : २७,८०५

काठमाडौँ ८ : विराजभक्त श्रेष्ठ
प्राप्त मत : २४,५९२

काठमाडौँ ९ : डोलप्रसाद अर्याल
प्राप्त मत : ३५,०९३

काठमाडौँ १० : प्रदीप विष्‍ट
प्राप्त मत : ३७,४६९

भक्तपुर १ : रुकेश रञ्जित
प्राप्त मत : ३३,४३६

ललितपुर १ : बुद्धरत्न महर्जन
प्राप्त मत : २३,३७३

चितवन २ : रवि लामिछाने
प्राप्त मत : ५४,४०२

गण्डकी प्रदेश
कास्की २ : उत्तमप्रसाद पौडेल
प्राप्त मत : ३१,९११

कास्की ३ : बिना गुरुङ
प्राप्त मत : ३७,७५०

स्याङ्जा १ : धनञ्जय रेग्मी
प्राप्त मत : २९,०७१

बागलुङ १ : सुशील खड्का
प्राप्त मत : २०,९२७

बागलुङ २ : सोम शर्मा
प्राप्त मत : १२,६४७

पर्वत १ : सागर भुसाल
प्राप्त मत : २६,५६१

लुम्बिनी प्रदेश
रुपन्देही २ : सुलभ खरेल
प्राप्त मत : ५६,५५०

रुपन्देही ३ : डा. लेखजंग थापा
प्राप्त मत : ५८,८१४

रुपन्देही ४ : कन्हैया बनिया
प्राप्त मत : २८,०६६

बाँके १ : सुरेशकुमार चौधरी
प्राप्त मत : ३२,७९२

बाँके ३ : खगेन्द्र सुनार
प्राप्त मत : २९,५५१

सुदूरपश्चिम प्रदेश
कैलाली १ : कोमल ज्ञवाली
प्राप्त मत : १७,८२६