काठमाडौँ। ललितपुर क्षेत्र नं. ३ मा तोसिमा कार्की ४३ हजार ९६ मत ल्याएर विजयी भएकी छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कार्की यही क्षेत्रबाटै निर्वाचित भएकी थिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन्।
त्यस क्षेत्रमा नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत प्राप्त गरी दोस्रो बने। त्यसैगरी, नेकपाका राजकाजी महर्जनले ६ हजार २२ र नेकपा (एमाले)का सन्दन थापा मगरले तीन हजार २९७ मत प्राप्त गरेका छन्।