दैलेख। दैलेख क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मतसहित विजयी भएका छन्।
पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार ५५२ मत ल्याएका छन्।
तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाहीले तीन हजार ८५१ मत प्राप्त गरेका छन्। दैलेख २ मा प्रत्यक्षतर्फ विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
यो विजयसँगै एमालेले देशैभरबाट जम्मा तीन सिटमा प्रत्यक्षतर्फको निर्वाचन जितेको छ।