प्रतिनिधिसभा निर्वाचन
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। आइतबार अपराह्न साढे १ बजेसम्म ३५ लाख ३८ हजार ९७१ मत गनिसकिएको छ।
प्रत्यक्षतर्फ १११ भन्दा बढी निर्वाचन क्षेत्रमा जितेर शीर्ष स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतमा रफ्तार बढाइरहेको छ। समानुपातिकमा रास्वपाले हालसम्म १७ लाख ६३ हजार ६ मत पाएको छ। यस्तै प्रत्यक्षतर्फ १६ क्षेत्रमा जित हासिल गरेको नेपाली कांग्रेसले समानुपातिकमा ६ लाख ३८९ मत पाएको छ।
नेकपा एमालेले पाँच लाख दुई हजार ५५२ प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लाख ३७ हजार ८१८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक लाख २८ हजार ३४४ र श्रम संस्कृति पार्टीले ७४ हजार ११५ मत पाएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।