काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

खिचिक्क

लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकामा बढ्यो वायुमा प्रदूषण

२४ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ। पछिल्ला तीन दिनदेखि उपत्यकामा वर्षा हुन सकेको छैन। वर्षा नहुँदा आकाश धुम्मिएको छ। आकाश धुम्मिएसँगै जाँदा वायु प्रदूषण बढेको वातावरण विभागको भनाइ छ।

लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको हो।

आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार उपत्यकामा दिउँसोसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ। योसँगै काठमाडौँ विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ।

यो पनि…

तस्बिरमा धुम्मिएको आकाश

एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ। त्यस्तै १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ। जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभाग सल्लाह दिएको छ।

हेरौँ धुमिल बनेको काठमाडौँ उपत्यकाका थप तस्बिर :