काठमाडौँ। जेन-जी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ।
२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाउन आयोगका पदाधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छ्न्।
प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गरिने आयोगका पदाधिकारीले बताएका छन्।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
