काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

२४ फाल्गुन २०८२
हर्कराज राई (साम्पाङ)। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) लाई आठ हजार ४९२ मतान्तरले हराउँदै उनी संसद बने। साम्पाङले ३५ हजार ७४१ मत पाए भने तामाङले २७ हजार २४९ मत पाइन्।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी १ बाट उम्मेदवार रहेकी गोमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईसँग पराजित भएकी थिइन्।

एमालेको समर्थन पाएका राई १७ हजार ५९ मत ल्याएर निर्वाचित हुँदा गोमाले १६ हजार ६०६ मत पाएकी थिइन्। उनलाई रास्वपाले दोस्रोपटक उम्मेदवार बनाएको थियो। उनी दुवैपटक पराजित भइन्।

साम्पाङ भने २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको नगरप्रमुख बनेका थिए। उनले २० हजार ८२१ मत पाएर जितेका थिए। त्यसबेला कांग्रेसका किशोर राईले १६ हजार ५९ र एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाएका थिए।

त्यसअघि २०७६ को उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका साम्पाङले जम्मा ४२२ मत मात्र पाएर पराजित भएका थिए।

त्यसपछि पुराना दलप्रति नागरिकको वितृष्णा बढिरहेका बेला उनले खानेपानी समस्या समाधान गर्नेलगायत लोकप्रिय नारा लिएर २०७९ मा उम्मेदवार बनेका थिए।

श्रमदानबाटै विकास गर्ने अभियान चलाएका साम्पाङ विभिन्न विवादमा मुछिए। उनले नगर प्रमुखको कार्यकाल पूरा नहुँदै राजीनामा दिएर श्रम संस्कृति पार्टी खोलेका थिए।