काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधि सभा निर्वाचन

२४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक तीनवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ।

आयोगका अनुसार गोरखा १, इलाम १, संखुवासभा १ को अन्तिम मतपरिणाम आउन बाँकी छ। यी क्षेत्रहरूको अन्तिम परिणाम आउन बाँकी रहँदा हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ सिटसहित पहिलो स्थानमा रहेको छ।

त्यसैगरी दोस्रो स्थानमा नेपाली कांग्रेस १७ सिटसहित रहेको छ भने नेकपा एमालेले आठ सिटमा जित हासिल गरेको छ। यसैगरी नेपाल कम्युनिस्ट पार्टीले सात सिट जितेका छन्। श्रम संस्कृति पार्टीले तीन सिटमा जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिटमा विजय हासिल गरेको छ। यसैगरी स्वतन्त्र उम्मेदवारतर्फबाट पनि एकजना विजयी भएका छन्।

उता धनुषा १ को मतगणना भने हाललाई स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ। उक्त क्षेत्रमा देखिएको विवादका कारण मतगणना रोकिएको हो।

बाँकी क्षेत्रहरूको मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा स्पष्ट हुनेछ।