काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२४ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम । जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर यसपटकको निर्वाचनमा धराैटी समेत बचाउन सकेनन्। २०७९ सालमा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका महन्थ ठाकुर यसपटकको निर्वाचनमा उम्मेदवार थिएनन् ।

उनी हालै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा अन्य समूह तर्फ निर्वाचित भएका थिए। सो क्षेत्रमा ठाकुरले आफ्नो छोरीलाई उम्मेदवार बनाएपछि पार्टीभित्रै असन्तुष्टि चुलिएको थियो। पार्टीभित्रको विद्रोहलाई मिलाउन नसकेपछि मीनाक्षीको बिजोग भएको हो।

पार्टीभित्रै विद्रोह गर्दै पार्टीका केन्द्रीय सदस्य हरिनारायण यादवले स्वतन्त्र उम्मेदवारी दिएका थिए। महन्थकी छोरी मिनाक्षीले ३ हजार ९ सय ४६ मत प्राप्त गरिन् भने सोही पार्टीबाट विद्रोह गरेका हरिनारायण यादवले ३ हजार ५ सय ३१ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा ठाकुरले सदर मतको ६.६३ प्रतिशत प्राप्त गरेकी छन्।

धरौटी जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत हुनुपर्नेछ। सो निर्वाचन क्षेत्रमा ४१ जना उम्मेदवार रहेकोमा ३९ जना उम्मेदवारको धरौटी जफत भएको छ।

पछिल्लो निर्वाचनमा प्रतिनिधिसभामा महन्थ ठाकुरसँगै प्रदेश सभाका दुईटै सिटमा तत्कालीन लोसपाले जितेको थियो । जसपा नेपालका रानी शर्मा तिवारी मधेस प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री छन्। सो क्षेत्रमा निर्वाचित भएका उज्ज्वल कुमार झा २०७९ को निर्वाचनमा प्रदेश सभामा वर्तमान मन्त्री तिवारीसँगै पराजित भएका थिए। झा प्रदेश सभामा स्वतन्त्र उम्मेदवार थिए। झा अन्तिम समयमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै रास्वपाबाट उम्मेदवार बनेर विजयी भएका छन्।यस क्षेत्रमा उनीसँगै माेहम्मद रिजवानले जमानत बचाउन सफल भएका छन् ।