काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२८ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। एसियामा ब्रेन्ट (कच्चा तेल) को मूल्य बिहीबार प्रतिब्यारेल १०० डलर पुगेको छ। जुन लगभग नौ प्रतिशतले बढेको हो।

ब्रेन्ट कच्चा तेल विश्वमा तेलको मूल्यका लागि सबैभन्दा धेरै प्रयोग हुने बेन्चमार्कहरूमध्ये एक हो।

संयुक्त राज्य अमेरिका र बेलायतलगायत धेरै मुलुकले आपतकालीन भण्डारबाट पहिले भन्दा धेरै (रेकर्ड) तेल निकासीको घोषणा गरेका छन्। तर मूल्य भने घट्न सकेको छैन।

यसैबीच इरानले होर्मुज जलडमरूमा पारवहन गर्ने जहाजहरूविरुद्ध आफ्नो धम्की जारी राखेको छ। यो समुद्री मार्ग विश्वको लगभग २० प्रतिशत तेलको आवागमनका लागि महत्त्वपूर्ण मानिन्छ।