काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र १ का उम्मेदवार किशोरी साह ‘कमल’ लाई कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ।

बिहीबार सर्वोच्च अदालतलका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलाजसले साहलाई कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो।

साहको कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि साहले कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर मुद्धा दायर गरेका थिए।

धनुषा क्षेत्र नम्बर १ मा मतगणनाको क्रममा उम्मेदवारी खारेज भएका किशोरीकै पक्षमा मत आएको थियो। साहलाई अत्याधिक मत प्राप्त भएपनि साहको उम्मेदवारी नै खारेज भएको अवस्थामा निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ।