काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

इन्धन अभाव

भारत सरकारले पेट्रोल र डिजेलको उपलब्धतासम्बन्धी जारी गरेको विज्ञप्तिमा के छ?

३० फाल्गुन २०८२
अ+
अ-

नयाँदिल्ली। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले देशभरका पम्पहरूमा पेट्रोल र डिजेल उपलब्धता पर्याप्त रहेको बताएको छ।

यसबाहेक पेट्रोल पम्पहरूलाई इन्धन वितरण गर्दा सुरक्षा नियमहरू कडाइका साथ पालना गर्न पनि निर्देशन दिइएको छ। उपभोक्ताका लागि मन्त्रालयले एक सूचना जारी गर्दै पेट्रोल‚ डिजेल तथा ग्यासको अनावश्यक भण्डारण नगर्न निर्देशन दिएको छ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा लेखेको छ‚ “उपभोक्ताहरूलाई गलत कन्टेनरमा पेट्रोल वा डिजेल भर्न वा घरमा भण्डारण नगर्न सल्लाह दिइन्छ‚ किनकि यसले गम्भीर सुरक्षा जोखिम निम्त्याउन सक्छ।”

पेट्रोल‚ डिजेल तथा ग्यासको अनावश्यक भण्डारण गरे कारबाही गर्ने चेतावनी पनि दिएको छ। मन्त्रालयले पेट्रोल पम्पहरूलाई पनि भनेको छ‚ “यी नियमहरूको कुनै पनि गल्ती वा उल्लंघनका लागि कडा कारबाही गरिनेछ।”

विज्ञप्तिमा मन्त्रालयले तमिलनाडुको एक पेट्रोल पम्पलाई उद्धृत गरेको छ- जहाँ कन्टेनरमा पेट्रोल भरिएको थियो। मन्त्रालयका अनुसार यो खतरनाक हुन सक्छ।

यो पनि…

ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउनेमाथि कामपाको निगरानी