काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । आज शनिबार बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आइतबारका लागि सारिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते आइतबार राखिने भएको हो।

सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा बस्ने उनले बताए।

उनका अनुसार बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस र विविध छन्।