काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
तस्बिर: रासस
अ+
अ-

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले चाहेको सम्झौता स्वीकार नगर्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले भनेका छन्‚ “इरान पूर्ण रूपमा पराजित भएको छ र सम्झौता चाहन्छ, तर म अहिले त्यस्तो सम्झौता स्वीकार गर्दिनँ।”

उनले ‘नक्कली समाचार मिडिया’ हरूले इरानविरुद्ध अमेरिकी सेनाको कारबाहीलाई सही रूपमा चित्रण नगरेको बताएका छन्। उनले ट्रुथ सोसलमा पोस्टमार्फत भने‚ “नक्कली समाचार मिडिया अमेरिकी सेनाले इरानविरुद्ध कति राम्रो प्रदर्शन गरेको छ भनेर रिपोर्ट गर्न हिच्किचाउँछ।”

ट्रम्पको यो भनाइ यस्तो समयमा आएको हो जब अमेरिका र इरानबीचको चलिरहेको द्वन्द्वबारे सञ्चारमाध्यममा विभिन्न दाबीहरू बाहिर आइरहेका छन्। ट्रम्पले पहिले नै भनेका छन् कि अमेरिकी आक्रमणमा धेरै इरानी सैन्य अड्डाहरूमा उल्लेखनीय क्षति भएको छ।