काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ । अमेरिकाले इरानका केही उच्च अधिकारीबारे सूचना उपलब्ध गराउने व्यक्तिलाई ठूलो रकमको इनाम दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको कार्यक्रममार्फत इरानका १० जना शीर्ष अधिकारीबारे उपयोगी जानकारी दिनेलाई अधिकतम १ करोड अमेरिकी डलरसम्म पुरस्कार दिइने बताइएको छ।

सूचीमा इरानका सर्बोच्च नेता आयातुल्ला अली खामेनीका छोरा मोजतबा खामेनी, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानी, मेजर जनरल रहिम सफावी र अली अस्गर हेजाजी लगायतका अधिकारीहरूको नाम समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी पक्षले यी व्यक्तिहरू इरानको सुरक्षा संरचना र नीतिगत निर्णयसँग सम्बन्धित रहेको भन्दै उनीहरूबारे विश्वसनीय सूचना आवश्यक रहेको जनाएको छ। यस कार्यक्रमअन्तर्गत आतंकवाद, क्षेत्रीय सुरक्षा र अमेरिकी हितसँग सम्बन्धित जानकारी उपलब्ध गराउने व्यक्तिलाई पुरस्कार दिइने व्यवस्था रहेको बताइएको छ।

उता इरानले भने अमेरिकी कदमलाई राजनीतिक दबाबको रणनीति भन्दै आलोचना गरेको छ। इरान–अमेरिका सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ।