आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ।
केन्द्रिय कार्यालय वनस्थलीमा वैठक भर्खरै शुरु भएको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने अस्वथ्य भएका कारण भौतिक रूपमा उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट सहभागी भएका छन्।
लामिछानेलाई केही दिनदेखि निरन्तर ज्वरो आइरहेको छ। उनले घरमै बसेर राजनीतिक भेटघाटहरु गरिरहेका छन्।
आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ।