काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ। विमानस्थल नजिकै भएको आगलागीका कारण यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उडानहरू अस्थायी रूपमा रोकिएको अधिकारीहरूले बताएका छन्।

दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणका कारण विमानस्थल आसपास रहेको इन्धन भण्डारण ट्यांकीमा आगो लागेको थियो। आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकल टोलीले प्रयास जारी राखेका छन्।

विश्वकै व्यस्त हवाई अड्डामध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२५ मा करिब नौ करोड यात्रुले आवतजावत गरेका थिए। विशेषगरी फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायल र इरानबीच सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।

फेब्रुअरी २८ देखि जारी संघर्षका कारण खाडीका विभिन्न देशहरूमा मिसाइल तथा ड्रोन आक्रमणहरू बढ्दै गएका छन्। हालसम्म दुई हजारभन्दा बढी आक्रमण भएका बताइन्छ। ती आक्रमणको निशानामा अमेरिकी कूटनीतिक कार्यालय, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन्।