काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। ब्लु डाइमन्ड सोसाइटीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा मनोनीत भूमिका श्रेष्ठलाई कलम उपहारसहित सम्मान गरेको छ।

सोसाइटीको कार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा मनोनीत श्रेष्ठलाई सम्मान गरिएको हो।

कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपांगता भएका व्यक्ति तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका आवाज सदनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्। उनले समुदायका मुद्दा उठाउन सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताइन्।

सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले लामो संघर्षपछि समुदायको प्रतिनिधित्व संसदसम्म पुगेको भन्दै यसले नयाँ आशा जगाएको बताइन्। त्यस्तै सोसाइटीकी कार्यकारी निर्देशक मनीषा ढकालले सांसद श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुन खारेज गर्न पहल गर्न सुझाइन्।

भूमिका श्रेष्ठ ट्रान्सजेन्डर महिलाका रूपमा पहिलोपटक संसद्‌मा प्रतिनिधित्व गर्न लागेकी हुन्।

हेर्नुहोस् थप तस्बिर :