काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

इरान युद्ध

३ चैत्र २०८२
दुबई विमानस्थलनजिकै आगलागी भएपछि देखिएको धुवाँको मुस्लो। यो तस्बिर १६ मार्चमा लिइएको हो। तस्बिर : एएफपी
अ+
अ-

वासिंटन। अमेरिकी सैन्य अधिकारीहरूले मध्यपूर्वमा जारी द्वन्द्वका कारण घाइते अमेरिकी सैनिकको संख्या २०० पुगेको जनाएका छन्। जसमध्ये १३ जनाको मृत्यु भएको छ।

मध्यपूर्वमा इरानसँग अमेरिका-इजरायल युद्ध २८ फेब्रुअरीदेखि सुरु भएको थियो। इरानी समूहका अनुसार त्यसबेलादेखि तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

इरानमा रहेको मानवअधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले मृत्यु हुनेको संख्यामा एक हजार ३५१ नागरिक र एक हजार १२६ सैन्य कर्मचारी रहेको बताएको छ।

लेबनानमा अहिलेसम्म ८८६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ६७ महिला र १११ बालबालिका समावेश छन्।

संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, साउदी अरेबिया, बहराइन र ओमानले पनि युद्धसँग सम्बन्धित मृत्युको रिपोर्ट गरेका छन्।