कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एकजनालाई नियन्त्रणमा लिएको छ।
तत्कालीन रूकुमबाट पहिलो २९ फागुन २०४७ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निजले आफ्नो वास्तविक नाम थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र बाबुको नाम थरसमेतको विवरण फरक पारी जिल्ला प्रशासन कार्यालय कास्कीबाट २० वैशाख २०५८ मा पुनःनेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए।
उनका अनुसार निज व्यक्तिलाई नियन्त्रणमा लिई दोहोरो नेपाली नागरिकता लिएको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।