काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अफगान तालिबान र पाकिस्तानबीचको तनाव कम गर्न आह्वान गरेको छ। डब्ल्यूएचओले यसले जनताको स्वास्थ्य र जीवनमा जोखिम बढाइरहेको उल्लेख गरेको छ।

“अफगानिस्तान र पाकिस्तानबीच बढ्दो झडपका कारण फेब्रुअरीको अन्त्यदेखि अफगानिस्तानमा कम्तिमा ६ स्वास्थ्य केन्द्र प्रभावित भएका छन्‚” डब्ल्यूएचओद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यसका साथै काबुलमा गृह मन्त्रालयद्वारा सञ्चालित ओमिद लागुऔषध पुन:स्थापना केन्द्रमा रातभर भएको आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। कम्तिमा २५० जना घाइते भएका छन्। यी व्यक्तिहरूलाई लागुपदार्थको लतको उपचारको लागि भर्ना गरिएको थियो।”

डब्ल्यूएचओ यी घटनाहरूको अनुसन्धान गरिरहेको पनि जनाएको छ। “विश्व स्वास्थ्य संगठनले यी घटनाहरूको अनुसन्धान गरिरहेको छ। यद्यपि बढ्दो द्वन्द्वले स्वास्थ्य प्रणालीमा थप दबाब दिइरहेको छ। कमजोर मानिसहरूको स्वास्थ्य र जीवनमा जोखिम बढाइरहेको छ‚” विज्ञप्तिमा भनिएको छ‚ “सबै पक्षहरूलाई तनाव कम गर्न र शान्ति र स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गरिएको छ। शान्ति नै उत्तम औषधि हो।”

उल्लेखनीय छ कि अफगान तालिबान शासनले पाकिस्तानले राजधानी काबुलमा रहेको लागुऔषध पुन:स्थापना अस्पतालमा आक्रमण गरेको आरोप लगाएको छ, जसको परिणामस्वरूप सयौँ मानिसको मृत्यु भएको छ।

यसैबीच पाकिस्तानले आफ्नो सेनाले काबुल र नान्गारहारमा रहेको अफगान तालिबान शासनको ‘आतंकवादलाई समर्थन गर्ने सैन्य अड्डाहरू’ मा आक्रमण गरेको दाबी गरेको छ।