काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार ४०० रुपैयाँ ले घटेर  तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन मूल्य प्रतितोलामा ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोलामा १४० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।