काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

५ चैत्र २०८२
तस्बिर: नेपाल न्युज
अ+
अ-

सुर्खेत। भेरी नदीमा मृत भेटिएकी माया कठायतका श्रीमान भूपेन्द्र कठायतविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ।

छोराछोरीसहित गएको आइतबार भेरीमा हेलिएकी मायाका बुवाले उनका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका छन्। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार जाहेरी परेलगत्तै भूपेन्द्रलाई पक्राउ गरिएको छ।

प्रहरी निरीक्षक प्रकाश केसीले श्रीमानको चरम यातनापछि भेरी नदीमा छोराछोरीसहित मायाले हामफालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख छ।

गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया मायाले आइतबार बेलुकी साढे चार बजेतिर ११ वर्षीया छोरी आशा र पाँच वर्षका छोरा दिपकसहित भेरी नदीमा हामफालेको शंका गरिएको छ। सोमबार माया र मंगलबार छोरी आशाको शव फेला परेको थियो। पाँच वर्षका छोरा दिपकको शव अझै फेला परेको छैन्।

मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नातिनतिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा हाल फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन्।