काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बैठक बसेको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो।
सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएपछि आजको बैठकमा थापा अनुपस्थित छन्।
उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा अस्वीकृतको प्रस्ताव पेस गरिने बताएका छन्।
