काठमाडौँ। निर्वाचनको मत परिणाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बिहीबार पेश भएसँगै अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताएका छन्। उनले लेखेका छन्, “कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज। आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्।”
यो निर्णयपछि अर्थ मन्त्रालयमा नीति निर्माणका कामहरु रोकिएका छन् भने प्रशासनिक कामकाज भने निरन्तर जारी रहनेछ।