काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। इरानले होर्मुज क्षेत्रबाट एक नेपालीलाई नियन्त्रणमा लिएको छ।

परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी नेपाली पक्राउ परेको बारे जानकारी गराएको हो। पक्राउ परेका व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उनको नाम भने अमृत झा उल्लेख गरिएको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए।

इरानले हर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिने क्रममा झा पनि परेका हुन्।

यसैबीच सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा अहिलेसम्म सात नेपाली पक्राउ परेका छन्। इजरायल-अमेरिका-इरानबीच जारी युद्धको फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले सात नेपालीलाई पक्राउ गरेको हो। जसअनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन्।

साथै परराष्ट्र मन्त्रालयले फोटो, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि बारम्बार अनुरोध गर्दै आएको छ।