काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

७ चैत्र २०८२
अ+
अ-

नेपालगञ्ज । क्यान्सर उपचारमा पछिल्लो समय भइरहेको तीव्र प्रविधिगत विकासबारे चिकित्सकहरूबीच नेपालगञ्जमा केन्द्रित छलफल भएको छ।

नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टर र भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको सहकार्यमा आयोजित कार्यक्रममा विशेषज्ञहरूले अत्याधुनिक प्रविधिले क्यान्सर उपचारको स्वरूप कसरी बदल्दै गएको छ भन्नेमा जोड दिएका थिए।

कार्यक्रममा विशेषगरी PET-CT जस्ता प्रिसिजन इमेजिङ, रोबोटिक सर्जरी र उन्नत रेडियोथेरापी प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचानदेखि उपचारसम्मलाई अझ सुरक्षित, छरितो र प्रभावकारी बनाएको उल्लेख गरियो।

विशेषज्ञहरूका अनुसार न्यून चिरफारमा आधारित रोबोटिक शल्यक्रिया र लक्षित उपचार विधिले बिरामीको रिकभरी समय घटाउनुका साथै उपचारको सफलतादर बढाउन मद्दत पुर्‍याइरहेको छ।

पश्चिम नेपालका बिरामीका लागि लखनउ नजिकको विकल्प भएकाले आधुनिक क्यान्सर उपचारमा पहुँच विस्तार हुने अपेक्षा समेत व्यक्त गरिएको छ।

म्याक्स सुपर स्पेसियालिटी हस्पिटल लखनउले एउटै छानामुनि समग्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ। अस्पतालमा सर्जिकल अन्कोलोजी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी तथा अत्याधुनिक रेडिएसन थेरापी सेवा उपलब्ध छन्।

अस्पतालमा जटिल क्यान्सर शल्यक्रियाका लागि डा भिन्ची रोबोटिक सर्जिकल सिस्टम, क्यान्सरको सटिक पहिचान र स्टेजिङका लागि बायोग्राफ ट्रिनियन डिजिटल पेट सिटी प्रणाली, तथा हाइपरआर्क प्रविधिसहितको ईडीजीई (३.०) रेडिएसन थेरापी प्लेटफर्म जस्ता आधुनिक प्रविधि प्रयोगमा रहेको जनाइएको छ।