काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। आज ईद उल फित्र। इस्लाम धर्मावलम्बीहरूले हर्सोल्लासका साथ यो पर्व मनाउँदै छन्।

पर्वका अवसरमा गृह मन्त्रालयले आज (शनिबार) देशभर सार्वजनिक बिदा दिएको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा शुक्रबार जारी विज्ञप्तिमा सार्वजनिक बिदाबारे उल्लेख छ।

मन्त्रालयले नेपाल राजपत्रमा ईदको बिदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारीबमोजिम शनिबार स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी एवं नेपालीमा शुभकामना पनि दिएको छ।