काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका भ्रातृ संगठन अनेरास्ववियुले पार्टी अध्यक्ष केपी ओली पक्राउ परेको विरोधमा प्रदर्शन गरेको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन गरेको हो।

प्रहरीले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको हो।

पार्टीको शनिबारै बसेको सचिवालय बैठकले दिएको निर्देशनअनुसार अनेरास्ववियुले प्रदर्शन गरेको हो। सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमालेले सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

यो पनि…

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग