काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित सुरक्षाकर्मीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ। जेन-जी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बुधबार आयोगले प्रहरीका उच्चपदस्थ अधिकारीहरूलाई कारबाही सिफारिस गरेको हो।
कारबाहीको सिफारिसमा परेकामा सशस्त्र प्रहरी महानिरीक्षक नारायणप्रसाद पौडेल पनि छन्। जेन-जी आन्दोलनताका कार्की र पौडेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थिए।
यसैगरी कारबाहीमा परेका अन्यमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम राना, विश्व अधिकारी, सशस्त्रका प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल छन्।
२३ भदौको आन्दोलनमा नयाँ बानेश्वर र संसद् भवन क्षेत्रमा फिल्डमा खटिएका प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमान्डरहरूलाई समेत मानवअधिकार उल्लंघनमा विभागीय कारबाही गर्न सिफारिस गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ।
आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई पनि अनुसन्धान गरी कारबाही गर्न सिफारस गरेको छ। उनीहरूलाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्नसमेत आयोगले सिफारिस गरेको छ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँगै ४९ जनामाथि कारबाही सिफारिस [नामसहित]