काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से दोहोरो अंकले ओरालो लागेको छ। कारोबार रकम साढे पाँच खर्ब नाघेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २६.७२ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.९६ प्रतिशतले घटेको नेप्से २७५५.३७ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ४.७८ अंकले घटेर ४७०.७२ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा १ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.७७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७३ प्रतिशतले घटेको छ।
सेयरबजारमा सोमबार ३४९ कम्पनीको ६३ हजार ७१९ पटकको कारोबारमा एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज ३५ कम्पनीका सेयरमूल्य मात्र बढे। २३३ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा दुई कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (सोमबार) १३ समूहका कारोबार भएकामा दुई समूहका सूचक बढे। बाँकी ११ कम्पनीका सूचक भने घटे।
जसअनुसार सोमबार वाणिज्य बैंक ०.९९‚ विकास बैंक ०.८१‚ फाइनान्स ०.५०‚ होटेल तथा पर्यटन १.४०‚ जलविद्युत् १.९७‚ लगानी १.२२‚ जीवन बिमा ०.७९‚ उत्पादन तथा प्रशोधन १.४२‚ लघुवित्त ०.९० र म्युचुअल फन्ड समूहको सूचक ०.९१ प्रतिशतले ओरालो लागे।
यसैगरी निर्जीवन बिमा १.३७ र अन्य समूहको सूचक ३.३६ प्रतिशतले बढ्दा व्यापार समूहको उपसूचक भने ६.१४ प्रतिशले घट्यो।

नेप्सेमा सोमबार नेपाल रि-इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गर्दा बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले १३.२० प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार आँखुखोलाको ४३ करोड चार लाख ५१ हजार ७५१ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आज आँखुखोला नै अगाडि रह्यो। सोमबार यसको नौ लाख ९७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४३१ रुपैयाँ कायम रह्यो।