जनकपुर। मधेस प्रदेश सभाका विपक्षी दलका नेताहरूले सरकारले गरेको नियुक्तिको विरोध गरेका छन्।
उनीहरूले लोकसेवा आयोगमा र जनलोकपाल आयोगमा गरेकाो नियुक्तिलाई अवैधानिक भनेका हुन्। प्रदेश सरकारले लोकपाल आयोगको सदस्यमा महोत्तरीको औरही नगरपालिका ७ का सञ्जीवकुमार झा र वडा ८ की कुमारी सुजाता विमललाई नियुक्त गरेको थियो।
त्यसैगरी प्रदेश लोकसेवा आयोगको सदस्यमा धनुषाकी सबैला नगरपालिका ३ की विमला यादवलाई नियुक्त गरेको थियो। दुवै आयोगको नियुक्तिसम्बन्धी प्रावधानमा तीन सदस्य नियुक्ति समिति रहने जसमा सभामुख र विपक्षी दलका नेतासहित मुख्यमन्त्री रहने व्यवस्था छ। तर सभामुखलाई समेत जानकारी नदिई नियुक्ति गरिएको विपक्षी दलहरूको आरोप छ।
यो पनि…
जसपा नेपालका नेता जैन नारायणले सरकारले अहिले संवैधानिक नियुक्तिमा आफूखुसी गरेको‚ नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय छाडेको भन्दै आपत्ति जनाएका छन्। सरकारले टेन्डर प्रक्रियाबाटै बजेट खर्च गर्ने भनिरहेको अवस्थामा सबै वडामा एक-एक करोड रुपैयाँको योजना पठाएर टेन्डर प्रक्रियाबाट काम गर्नुपर्नेमा उनको जोड छ।
प्रदेश सभाको बैठकमा आज (सोमबार) संशोधन प्रस्ताव प्रस्तुत गरेर विपक्षी दलहरू बाहिरिएका थिए।