काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा (नासु) रेवन्त खड्कालाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ।
विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा भेप साटेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
व्यावसायिक प्रयोजनका लागि आयात गर्नुपर्ने सामान झिटीगुण्टाका रूपमा ल्याई भेप भित्र्याइएको भेटिएपछि भन्सार कार्यालयले उक्त सुटकेस बरामद गरेको थियो।
बरामद गरिएको सुटकेस गोदाममा राख्ने जिम्मेवारी पाएका नासु खड्काले त्यसभित्र सुन रहेको जानकारी पाएपछि सुन राखिएका भेप निकालेर अन्य भेप राखेको आरोप छ।