२३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। एलजी इलेक्ट्रोनिक्सले फुटबलप्रेमीलाई लक्षित गर्दै ‘गेम अन विथ एलजी एआई टीभी’ अभियान सार्वजनिक गरेको छ।

यस अभियानमार्फत दर्शकलाई उत्कृष्ट दृश्य, शक्तिशाली ध्वनि र अत्याधुनिक एआई प्रविधिसहितको टेलिभिजन अनुभव घरमै उपलब्ध गराउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एलजीका विश्वप्रसिद्ध ओएलईडी डिस्प्लेमा आधारित टिभीहरूले खेलका प्रत्येक गोल, बचाऊ र उत्सवलाई जीवन्त रूपमा प्रस्तुत गर्ने क्षमता राख्छन्। जसले दर्शकलाई रंगशालामै पुगेको अनुभूति गराउँछ।

अभियानअन्तर्गत एलजी टीभी खरिद गर्ने ग्राहकले चार वर्षसम्मको पूर्ण वारेन्टी सुविधा पाउनेछन्। कम्पनीले यसलाई ग्राहकप्रति दीर्घकालीन विश्वास र गुणस्तरप्रतिको प्रतिबद्धताका रूपमा लिएको जनाएको छ।

साथै ग्राहकलाई सहज खरिदका लागि ३० प्रतिशतसम्म क्यासब्याक, नो-कस्ट ईएमआई, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन तथा प्राथमिकताका साथ जडान सेवा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

यो अफर ४ जुन २०२६ देखि १९ जुलाईसम्म नेपालभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुने जनाइएको छ।

एलजी इलेक्ट्रोनिक्स विश्वस्तरमा गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर समाधान क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित छ। यसले टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनरलगायत विभिन्न उत्पादन उत्पादन गर्दै आएको छ।

नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स हो। जुन सीजी कर्प ग्लोबलअन्तर्गतको कम्पनी हो। चार दशकभन्दा लामो सहकार्यमार्फत एलजी नेपालमा प्रिमियम ब्रान्डका रूपमा स्थापित रहँदै आएको छ।