काठमाडौँ। भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन्।
उनी आज (शनिबार) साँझ आयोजना हुने ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आएका हुन्।
नृत्य क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका लुइसको उपस्थितिले प्रतियोगिताको फिनाले थप आकर्षक बन्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार उनले कार्यक्रममा विशेष उपस्थितिसँगै निर्णायक भूमिकासमेत निर्वाह गर्ने सम्भावना छ।
कार्यक्रममा देशभरबाट छनोट भएका उत्कृष्ट नृत्य प्रतिभाबीच प्रतिस्पर्धा हुनेछ।
