२४+२४ महिना वारेन्टी, फ्री एसी र आकर्षक क्यासब्याक

२३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड सेन्सेईले आफ्ना ग्राहकका लागि विशेष ‘सेन्सेईमा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ।

नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले ल्याइएको यस अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधा समावेश छ।

यस योजनाअन्तर्गत सेन्सेई टीभी खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत फ्री एसी जित्ने अवसर प्राप्त गर्नेछन्। साथै ग्राहकले २३ हजार ४०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

विश्वकपको उत्साहलाई अझ लामो समयसम्म कायम राख्ने उद्देश्यले सेन्सेईले यस अभियानमा विशेष २४+२४ महिना सर्भिस वारेन्टीसमेत उपलब्ध छ।

सेन्सेई स्मार्ट टीभीहरूमा उपलब्ध फोरके अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियोजस्ता अत्याधुनिक प्रविधिले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्नेछन्। उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ।

“विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो। सेन्सेईको अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले ग्राहकलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ,” कम्पनीले जनाएको छ।

ग्राहकको पहुँच सहज बनाउन नागरिकता मात्रको आधारमा सरल ईएमआई सुविधासमेत उपलब्ध गरिएको छ। जसले प्रिमियम मनोरञ्जनलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।

यस अवसरमा सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण फुटबलप्रेमी नेपालीलाई विश्वकपको रोमाञ्चक यात्रा सेन्सेईसँगै मनाउन आग्रह गरेको छ। कम्पनीका अनुसार यो योजना २१ जेठ देखि ३ साउनसम्म नेपालभरका आधिकारिक सीजी इलेक्ट्रोनिक्स शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ।

सेन्सेई ब्रान्डले नेपाली बजारमा रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलईडी टीभीजस्ता विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ। जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण सेन्सेईले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको छ।

देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका शोरूम तथा आधिकारिक डिलर नेटवर्कमार्फत यो योजनाको लाभ उठाउन सकिनेछ। कम्पनीले यस योजनामार्फत ग्राहकहरूलाई भरपर्दो खरिद अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। यसमा केही सर्तहरू पनि लागू हुने कम्पनीले जनाएको छ।