काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

३१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका २२ वडाको आयोजनामा भएको दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिटनेसका सगेन्द्र सिंह मिस्टर महानगर भएका छन्।

राष्ट्रिय सभागृहमा भएको प्रतियोगितामा विभिन्न तौल समूहका विजेताबीच भएको अल ओभर च्याम्पियनसिप जित्दै सगेन्द्र दोस्रो मिस्टर महानगर भएका हुन। उनी ७५ प्लस केजी तौल समुहका विजेता पनि हुन्। मिस्टर महानगर बनेपछि उनले पाँच लाख नगद पुरस्कारका साथै उपाधि, ट्रफी, मेडल प्राप्त गरे। उनले तौल समूहमा पहिलो भएर थप एक लाख नगद पुरस्कार पनि जितेका छन्।

प्रतियोगितामा ५५ केजी तौल समूहमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाँचौँ क्रमशः जिम तारका सविन चौलागाई, फिटनेस ग्यारेजका सुनील आले, कम्फोर्ट जिमका महेन्द्र थापा मगर, डी जिमका दिनेश विक र फिटनेस ग्यारेजका सरोज कँडले भएका छन्। ६० केजीमा फिट एक्स जिमका अमृत गहतराज पहिलो, फिटनेस ग्यारेजका सौरभ थापा मगर दोस्रो, दी आइरन जिमका टेकबहादुर तामाङ तेस्रो, रोयल जिमका याकुब तोलाङगी चौथो र जिम कपनका सन्दीप अर्याल पाँचौँ स्थानमा रहे।

६५ केजीमा फिटनेस ग्यारेजका नवराज डुम्रे विजेता बने। नवराजपछिको स्थानमा जेन एक्सका रोहन राई, वेभ फिटनेसका सन्दीप पुजारी, प्लाटिनम फिजिकल फिटनेसका प्रभाकर घिमिरे र फिटनेस ग्यारेजका खेमराज गिरी रहे। ७० केजीमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाँचौँ स्थानमा फिटनेस ग्यारेजका माधव सुवेदी, आरबीएल फिटनेसका अनिश रसाइली, पावर फिटनेसका सोबेन थापा, रिभर फिल्ड जिमका रकी डंगोल र फिटनेस ग्यारेजका प्रतीक चौधरी रहे।

७५ केजीमा नेपाल व्यायाम मन्दिरका क्षितिज थापा च्याम्पियन बने। पावर फिजिकलका सागर श्रेष्ठ दोस्रो, योगेन्द्र श्रेष्ठ तेस्रो, फिटनेस वर्ल्डका सागर बोम्जन चौथो र फिटनेसनका प्रोग्रेस कारञ्जित पाँचौँ भए। ७५ प्लसमा सगेन्द्रले च्याम्पियन हुन फिटनेस मन्त्रका सुरज डंगोल, स्याडो फिटनेसका रामशरण महर्जन, प्लाटिनमका विनोद सुनार र फिट एक्सका कुशलप्रसाद गुरुङलाई दोस्रोदेखि पाँचौँ स्थानमा धकेले।

तौल समूहमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाँचौँ हुनेले क्रमश: एक लाख, ५० हजार, २५ हजार र १५ हजार र १० हजार रुपैयाँ जिते। प्रतियोगिताअन्तर्गत स्पोर्टस फिजिक्सतर्फ महिला र पुरुष समूहमा प्रतिस्पर्धा भएको थियो। महिलातर्फ एनआरके फिटनेसकी सीता खत्री प्रथम, नयाँबजार डिभाइनकी शान्ता पालिखे दोस्रो, त्रिभुवन आर्मी क्लबकी तिल्सरा बुढाथोकी तेस्रो, फिटनेस ग्यारेजकी रुविना कुँवर चौथो र जेन एक्सकी रेखा पुनमगर पाँचौँ स्थानमा रहे।

पुरुषतर्फ १७० सेमीमुनि पावर फिजिकलका आकाश श्रेष्ठ, आइरन पाराडाइजका ज्ञानेश्वर चौधरी, फिटनेसमन्त्रका अजयकुमार शाक्य, फिट एक्सका रेशम राना र वेभ फिटनेसका रोनित राई शीर्ष पाँच स्थानमा रहे। १७० सेमीमाथि नयाँबजाजर डिभाइनका पुकार श्रेष्ठ पहिलो दी आइरनका सुमन कार्की, दोस्रो, एनआरकेका रमन तुलाधर तेस्रो, जेन एक्सका विजय लिम्बू चौथो र अनलिमिटेड लिफ्टिङका सचित खड्का पाँचौँ भए। स्पोर्टस फिजिक्सतर्फ प्रथम, द्वितीय, तृतीय, चौथौ, पाँचौँ हुनेलाई क्रमश: एक लाख २५ हजार, ७५ हजार, ५० हजार र २५ हजार र १० हजार नगद पुरस्कार दिइएको थियो।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनीता डंगोल र आयोजक २२ वडाका अध्यक्ष चिनीकाजी महर्जनले ओभरअल विजेतालाई नगद, ट्रफी, प्रमाणपत्र प्रदान गरे। यसैगरी तौल समूहका विजेतालाई आयोजक २२ वडाका सदस्यहरू अनिल हाडा, चन्द्रमान तुलाधर, ललिता खड्गी, गीता परियारलगायतले पुरस्कार वितरण गरे।