बुटवल। अर्घाखाँचीको सुपादेउराली मन्दिरनजिकैको झोलुंगे पुलबाट हाम फालेकी एक युवतीको मृत्यु भएको छ।
सन्धिखर्क नगरपालिका ७ स्थित सुपादेउराली मन्दिरभन्दा उत्तरमा रहेको झोलुंगे पुलबाट कपिलवस्तु वाणगंगा नगरपालिका ७ की २३ वर्षीया सरिता भण्डारीले हाम फालेकी थिइन्।
सोमबार दिउँसो पुलबाट हाम फालेपछि सख्त घाइते भएकी भण्डारीलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
भण्डारीले के कारणले पुलबाट हाम फालिन् भन्ने खुलेको छैन।