सेयरबजार
सेयरबजारमा बुधबार ३५२ कम्पनीको ४४ हजार ५४२ पटकको कारोबारमा ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच
काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से झिनो अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ०.०८ अंकले बढेको हो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ०.०८ अंकले बढेको हो। मंगलबार ६.३१ अंकले घटेको थियो भने सोमबार १२.२६ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०० प्रतिशतले बढ्दै नेप्से २७०५.५३ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.२० अंकले घटेर ४६४.४३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०४ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.०५ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ प्रतिशतले बढेको छ।
सेयरबजारमा बुधबार ३५२ कम्पनीको ४४ हजार ५४२ पटकको कारोबारमा ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको कारोबार भयो। मंगलबार चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको कारोबार भएको थियो। सोमबार भने चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज १२५ कम्पनीका सेयरमूल्य बढे। १३२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बुधबार) १३ समूहको कारोबार भएकामा पाँच समूहका सूचक बढ्दा आठ समूहका सूचक घटे।

जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.१८ प्रतिशतले घट्यो। विकास बैंक ०.०० र फाइनान्स समूहको सूचक ०.१४ प्रतिशतले बढ्यो। यस्तै होटेल तथा पर्यटन समूहको सूचक ०.६४ प्रतिशतले घट्दा जलविद्युत् ०.३० र लगानी समूहको सूचक ०.५३ प्रतिशतले बढे। यस्तै जीवन बिमा समूहको सूचक ०.०७ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहको सूचक भने ०.५१ प्रतिशतले बढ्यो।
नेप्सेमा बुधबार लघुवित्त ०.०४‚ म्युचुअल फन्ड ०.०५‚ निर्जीवन बिमा ०.५५‚ अन्य ०.०८ र व्यापार समूहको उपसूचक ०.६० प्रतिशले घटे।
नेप्सेमा बुधबार पनि सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशतले आम्दानी गरे। यस्तै मंगलबार सोपानका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरेका थिए भने सोमबार १४.९९ प्रतिशतले आम्दानी गरेका थिए। यस्तै एनएमबी डिबेन्चरका लगानीकर्ताले ८.६४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार यसको २१ करोड १७ लाख ११ हजार ६६८ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिडेट अगाडि रह्यो। बुधबार यसको चार लाख ३७ हजार ४३६ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २१८ रुपैयाँ कायम रह्यो।