काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ असार २०८३
अ+
अ-

ताप्लेजुङ । जेठ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ४६ लाख ६० हजार बढी भेटी सङ्कलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार जेठ महिनामा ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी सङ्कलन भएको हो।

पाथीभरा क्षेत्र विकास समितिले प्रत्येक महिना मन्दिरबाट सङ्कलन भएको रकममध्ये गणना भएको र मन्दिरको दर्शन गर्न आएका तीर्थालुको संख्या सार्वजनिक गर्दै आइरहेको छ।

जेठ महिनामा ८ हजार ३ सय ८७ जनाले मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिले जनाएको छ।

क्षेत्र विकास समितिले माथिल्लो फेदिस्थित प्रहरी चेकपोष्ट संगै दर्शनार्थीको तथ्याङ्क विवरण गर्दै आइरहेको छ। यसबाहेक काफ्लेपाटीमा रहेको प्रहरी चेकपोष्टबाट समेत दर्शनार्थीको संख्या टिपोट हुने गरेको छ।