काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

अख्तियारले बयानका लागि आरजुलाई बोलायो

४ असार २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिदसम्बन्धी ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई उपस्थित हुन बोलाएको छ।

आयोगले बूढानीलकण्ठस्थित देउवा निवासमा तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै सूचना टाँसेको छ।

गत २४ भदौ २०८२ मा जेन-जी आन्दोलनका क्रममा देउवानिवासमा आगजनी गरिएको थियो। आगजनीपछि क्षतिग्रस्त बनेको देउवा निवास अहिले भत्काइँदै छ। यही भत्काउने काम जारी रहेकै अवस्थामा अख्तियारले सूचना टाँसेको हो।

अख्तियारले यो प्रकरणमा थप अनुसन्धान अघि बढाउँदै सम्बन्धित पक्षसँग बयान लिने प्रक्रिया तीव्र बनाएको छ।